काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गलत थियो भन्ने कुरा भूलचुकले पनि नबोल्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
सल्लाहकार परिषद्को पहिलो बैठकलाई विहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले केही नेताले मौका पाउँनासाथ विघटन गलत थियो भन्ने गरे पनि सल्लाहकारले भुलेर पनि त्यसो नभन्न आग्रह गरे ।
भीम रावल र घनश्याम भुसालप्रति लक्षित गर्दै ओलीले भने, ‘केही साथीहरू मौका पाउँनासाथ प्रतिनिधिसभा विघटन त गलतै थियो भन्ने गर्नुभएको छ । यस्ता खालका गलत कुरा सल्लाहकार परिषद्का कोही पनि कमरेडले भूलचुकले पनि नबोल्न आग्रह छ । विघटन बिल्कुल जायज थियो, त्यही कारण आज एमाले यहाँ छ । नत्र प्रचण्ड-माधव जस्ताको कजमा गएर एमाले ध्वस्त भइसक्थ्यो । उनीहरूको कब्जामा गएर भाइलाई के बनाउने, छोरी बुहारीलाई के दिने भन्नेमै केन्द्रित भएर यो पार्टी समाप्त हुने थियो ।’
प्रतिनिधिसभा विघटन गरेर पार्टीलाई प्रचण्ड माधवको कब्जामा जानबाट रोक्न सकिएको भन्दै ओलीले आज एमाले देशको प्रमुख शक्ति बन्नुमा त्यही विघटनबाट पार्टी जोगाएकाले हो भने ।

Leave a Reply