पाकिस्तानी हवाई हमलाको कारण ३६ जनाको मृत्‍यु भएको तालिबानको आरोप

काबुल। सैन्य विद्रोह पश्चात अफगानिस्तान शासन गरिरहेको तालिबान समूहले पाकिस्तानले गरेको हावाई हमलाको कारण ३६ जनाको मृत्‍यु भएको आरोप लगाएको छ ।

अन्तराष्ट्रिय संचारमाध्यम रोयटर्सका अनुसार पाकिस्तानले गत शुक्रबार अफगानिस्तानको हवाई क्षेत्रमा गरेको हमालाको कारण ३६ जनाको मृत्‍यु भएको आरोप लगाएको हो ।

अफगानिस्ताननको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै खोस्त र कुनार क्षेत्रमा भएको हमलाको जानाकारी गराएको छ भने पाकिस्तानी राजदूतमार्फत ईस्लामावादलाई आपत्तिपत्र बुझाएको जनाएको छ ।

पाकिस्तानले भने आफूले अफगानिस्तानमा कुनै पनि हमला नगरेको जनाएको छ । अफगानिस्तानले खोस्त र कुनार क्षेत्रमा हवाई आक्रमणको कारण ३६ जनाको मृत्‍यु भएको जनाए पनि घटनाको थप विवरण भने सार्वजनिक गरेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *