कूल मतपत्रमध्ये ३६.२५ प्रतिशत छपाई सम्पन्न

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको जनाएको छ । बिहीबार एक विज्ञप्तिजारी गर्दै आयाेगले उक्त संख्यामा मतपत्र छपाई सम्पन्न गरेको जनाएको हो ।

‘आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आज सम्म ३९ जिल्लाको ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको छ,’ निर्वाचन आयोगले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल दैनिक सरदर ८ लाख थान मतपत्र छपाई कार्य भइरहेको छ ।’

आवश्यक पर्ने कूल मतपत्रमध्ये ३६.२५ छपाई प्रतिशत सम्पन्न भएको आयोगले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *