विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१८ फोरलाईनस्थित सडकमा को. १ च ५३०१८ नम्बरको पिकअप भ्यानबाट करिब १ सय २० केजी अवैध लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । बुधवार राती उक्त परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
फोरलाइनस्थित सडकमा पिक भ्यान रोकी चालक फरार भएपछि इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले भ्यानको तालसी लिएको थियो ।
तलासीका क्रममा उक्त गाडीमा प्रहरीले गाँजा फेलापारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । हाल फरार भएका भ्यानका चालकको प्रहरीले खोजी गरिरहेको छ ।

Leave a Reply