काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका-६ हर्कपुरमा बुधवार बिहान भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३ पुगेको छ ।
उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा प्रहरी जवान रूपक विष्टको मृत्यु भएको हो। यसअघि हवलदार भूपेन्द्र कार्की र जवान मनिक राजवंशीको मृत्यु भएको हो ।
८ जना प्रहरी बोकेर सोलुखुम्बुबाट विराटनगर जाँदै गरेको बोलेरो अनियन्त्रित भई सडकबाट तल खसेको थियो ।
घाइते ६ जनामध्ये एक जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् भने ५ जनाको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचार भइरहेको ओखलढुंगा प्रहरी प्रमुख शुकदेव खनालले जानकारी दिए ।
दुर्घटनामा प्रहरी निरीक्षक ऋषिराज ढकालसहित घाइते भएका छन् । हतियार मर्मतका लागि गाडी विराटनगर गइरहेको थियो । ढकाल भने सरुवा भएर जाँदै थिए ।
घाइते ढकालले गाडी पल्टने बेलामा जालीमा अड्किएपछि बाहिर निस्किएर खबर गरेको बताएका छन् ।

Leave a Reply