बाटामा भेटिएको ५० हजारको ‘बिटो’ प्रहरीलाई, पैसाको धनीलाई सम्पर्क गर्न आग्रह

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-१ नयाँ बस्तीस्थित एक किराना पसलअघि भेटिएको ५० हजार रुपैयाँको ‘बिटो’ प्रहरीलाई बुझाइएको छ ।

४० वर्षीय सम्झना पन्तले ५ सय दरका एक हजार थान नोट रहेको रकम स्थानीय प्रहरीलाई बुझाएकी हुन् ।

महानगरीय प्रहरी वृत्तमा बुझाइएको उक्त रकम लिनका लागि आउन सम्बन्धित धनीलाई आग्रह गरिएको छ ।

पैसा कसको हो भन्ने पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

Comments

One response to “बाटामा भेटिएको ५० हजारको ‘बिटो’ प्रहरीलाई, पैसाको धनीलाई सम्पर्क गर्न आग्रह”

  1. Tilak budhathoki Avatar
    Tilak budhathoki

    ५ सय को एक हजार थान को ५0 हजार मात्र हुन्छ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *