काठमाडौं । लेखक तथा मुद्रा संकलक शंकर श्रेष्ठको पुस्तक ‘नेपालका मल्लकालीन मुद्राहरू’ पुस्तक सार्वजनिक भएको छ ।
अग्रवाल भवन, कमलपोखरीमा विमोचन भएको पुस्तकले मध्यकालीन समय अर्थात् लगभग नौ सय वर्षको मल्लकालीन इतिहासलाई समेटेको छ ।
मल्लकालीन इतिहासमा राजा र राजदरबारसँग सम्बन्धित रोचक र मार्मिक घटनालाई पुस्तकमा समेटिएको छ ।
पुस्तकमा मल्लकालीन सिक्का र सिक्कामा प्रस्तुत गरिएका विभिन्न कलाकृति, सांस्कृतिक, धार्मिक विषयवस्तु, सिक्कामा प्रयोग गरिएका लिपिहरू, यन्त्रहरू, साल, मितिहरूलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।
पुस्तकको विमोचन कार्यक्रममा बोल्दै लेखक श्रेष्ठले भने, ‘मलाई लाग्छ, यो पुस्तक इतिहासमा रुचि भएका पाठकका लागि सान्दर्भिक हुनेछ । मल्लकालीन सिक्काहरूलाई सिलसिलेबर तरीकाले लेखिएको पहिलो पुस्तक भएकाले पाठकमा कौतुहलता पनि जगाउने विश्वास लिएको छु ।’
३९८२ पेजको यस पुस्तकको मूल्य २५ सय रहेको छ ।

Leave a Reply