थारु पत्रकार संघको अध्यक्षमा प्रदीप लेखी सर्वसम्मत

काठमाडौं । थारु पत्रकार संघ नेपालको केन्द्रीय अध्यक्षमा प्रदीप कुमार लेखी सर्वसम्मत निर्वाचित भएका छन् ।

नवलपुरको अमलटारीमा सम्पन्न पाँचौँ राष्ट्रिय महाधिवेशनबाट लेखीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा शन्तकुमार चौधरी (चितवन) निर्वाचित भएका छन् । यस्तै उपत्यकासहित ७ प्रदेशमा उपाध्यक्ष चयन गरिएको छ ।

प्रदेश—१ मा कुलदीप चौधरी (सुनसरी), मधेस प्रदेशमा प्रतिमा चौधरी (बारा), बागमती प्रदेशमा किशोर चौधरी सरिखाँ, एशोसिएटमा सहदेव चौधरी (काठमाडौं) र लुम्बिनी प्रदेशमा सञ्जु चौधरी निर्वाचित भएका छन् । उता कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा मनोनयन गर्न बाँकी छ।

यस्तै महासचिवमा लक्ष्मी चौधरी (काठमाडौं) निर्वाचित भएकी छन् । उपमहासचिवमा विजय चौधरी (चितवन) निर्वाचित भएका छन् ।

यस्तै सचिव (महिला) मा दीपशिखा चौधरी (दाङ), सचिव (पुरुष) मा लीलानाथ गच्छदार (मोरङ) सर्वसम्मत भएका छन् । कोषाध्यक्षमा कारी महतो (चितवन) सर्वसम्मत भएका छन् ।

केन्द्रीय सदस्यहरू

सबी चौधरी (दाङ) ,धिरेन्द्र चौधरी (बारा),मनोज चौधरी (चितवन),दिनेश कुमार चौधरी (काठमाडौं), राज चौधरी (रुपन्देही), जनक चौधरी (बर्दिया), नवीन चौधरी (बारा), सुमित्रा चौधरी (चितवन) सर्वसम्मत चयन भएका छन् ।

यस्तै बाँकी २ जना केन्द्रीय सदस्य केन्द्रीय कार्यसमितिले मनोनीत गर्नेछन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *