४२ महिनासम्म केपी सरकारले एउटा फुटेको कौडी पनि गरेन : खनाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले ४२ महिना सरकारमा बसेर फुटेको कौडी पनि गर्न नसकेको टिप्पणी गरेका छन् ।

पार्टीको काठमाडौं जिल्ला कमिटीले आज भृकुटीमण्डपमा आयोजना गरेको बृहत् सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘हामीले जहीँतहीँ बहुमत प्राप्त गरेका थियौँ । त्यसैले क्रान्ति नै क्रान्ति गर्न सक्थ्यौँ,’ उनले भने, ‘४२ महिनासम्म सरकारमा बसेको नेकपा एमाले नेतृत्व गुटको नायक खड्गप्रसाद ओलीको नेतृत्वको सरकारले एउटा फुटेको कौडी पनि गर्न सकेन् ।’

बरु देशलाई दक्षिणपन्थी अवसरवादतर्फ धकेल्दै लगेको उनले आरोप लगाए ।

‘दक्षिणपन्थी अवसरवादको आहालमा लैजान थाले । उनले अमेरिकाको सेवा गर्न थाले, उनले विदेशी गुप्तचरको प्रमुखसँग आधा रातसम्म छलफल गर्न थाले,’ उनले भने ।

उनले ओलीजस्ता गैह्र जिम्मेवार नेताको हातमा पुगेकाले देशले दुख पाएको बताए ।

त्यसैका लागि नयाँ शिराबाट कम्युनिस्ट आन्दोलन सुरु गर्नुपर्ने भएकाले नेकपा एस निर्माण गरेको उनको भनाई छ ।

Comments

One response to “४२ महिनासम्म केपी सरकारले एउटा फुटेको कौडी पनि गरेन : खनाल (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    यसले केही पनि गरेन भन्न खाेजेकाे यसकाे छाेराले लुटेकाे पैसा सरकारले जफत गरिदियाे फिर्ता गरिदिएन भनेकाे हाे । छाेराले बिगारेकाे घरवार मिलाउन ओलिले अवैध कमाउन दिनुपर्ने रे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *