एजेन्सी । बाल्टिक राज्यहरु लाट्भिया, इसटोनिया र लिथुनियाले रुसबाट इन्धन आयात नगर्ने घोषणा गरेका छन् । रुसले युक्रेनमाथी गरेको हमलापछि रूसी ऊर्जा स्रोतप्रतिको निर्भरता तोड्नका निम्ती बाल्टिक राज्यहरुले रुसबाट इन्धन आयात नगर्ने निर्णय गरेको लाट्भियाले जानकारी दिएको छ ।
कोनेक्सस बाल्टिक ग्रिड- लाट्भियाको प्राकृतिक ग्यास भण्डारण सञ्चालकका सीईओ उल्डिस बारिसका अनुसार, रुसले युक्रेनमा गरेको हमलाले इन्धन वितरणका निम्ती रुसको भरोसा गर्न नसकिने अवस्था देखिएकोले बाल्टिक राज्यहरुले रुसबाट इन्धन आयात नगर्ने निर्णय गरेका हुन् ।
लिथुआनियाका राष्ट्रपति गितानास नौसादाले यूरोपीयन संघलाई पनि बाल्टिकको उदाहरण पछ्याउन आह्वानसमेत गरेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हाल रुसलाई उर्जा शक्ति केन्द्रको रुपमा स्थापित गराउन प्रयास गरिरहेका छन् ।
पुटिनले हालैमात्र युरोपेली संघका सदस्यहरूलाई रुसी ग्यासको भुक्तानी गर्न रूबल खाता स्थापना गर्नुपर्ने चेतावनी दिएका थिए ।
बाल्टिक राष्ट्रहरुले रुसबाट इन्धन आयात नगर्ने निर्णय गर्नुपूर्व अमेरिकाले रुसदेखी इन्धन आयात बन्द गरिसकेको छ भने युरोपियन संघका सदस्य राष्टि«यहरु भने हालसम्म रुसबाटनै इन्धन आयात गरिरहेका छ्न् ।
युरोपियन संघका सदस्य राष्ट्रहरुले कुल इन्धन आयतको ४० प्रतिशत इन्धन रुसबाट आयात गर्ने बताईन्छ ।

Leave a Reply