काठमाडौं । नेकपा माओवादी केन्द्रले विशेष परिस्थितिबाहेक स्थानीय तहका जनप्रतिनिधिलाई दोस्रो पटक उम्मेदवार नबनाउने भएको छ ।
अध्यक्ष प्रचण्डले उम्मेदवार सिफारिसका लागि पठाएको ६ बुँदे मापदण्डसहितको सर्कुलरमा सामान्य अवस्थामा विगतका प्रतिनिधिलाई नदोहोर्याउने भनिएको छ ।
माओवादीले उम्मेदवार सिफारिस गर्दा देश,पार्टी र क्रान्तिप्रति निष्ठावान् भएको हुनुपर्ने,स्वच्छ छवि र विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनौटमा ध्यान दिनुपर्ने लगायतका विषयलाई प्राथमिकता दिएको छ ।
त्यस्तै समानुपातिक समावेशी प्रतिनिधित्वमा ध्यान दिएर अनुशासित व्यक्तिलाई उम्मेदवार सिफारिस गर्न प्रचण्डले सर्कुलर गरेका छन् ।

Leave a Reply