दिल्लीस्थित नेपाली दूतावासमै चुच्चे नक्सा गायब !

नयाँ दिल्ली । नयाँ दिल्लीस्थित नेपाली राजदूतावासमा नेपालको पुरानै नक्सा प्रयोग गरेको पाइएको छ ।

दूतावास कार्यालयमा नेपाल प्रेसको भ्रमणका क्रममा यो तथ्य भेटिएको हो ।

दूतावासको मूल भवनमा रहेको रिसेप्सनमा राखिएको नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र छैन ।

दूतावासका कर्मचारीहरु प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका कारण व्यस्त रहेकाले यो विषयमा प्रतिक्रिया लिन सकिएन् ।

नेपालले २०७६ जेठ ७ गते लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा सार्वजनकि गरेको थियो । त्यसपछि संविधान संशोधन गर्दै नक्सा मानचित्रमा समावेश गरिएको थियो । त्यसपछि सरकारले मातहतका सबै निकायमा नयाँ नक्सा राख्न निर्देशन दिएकाे थियो । यो निर्देशनकाे करिब तीन वर्षसम्मपनि दूतावास कार्यालयले नक्सा नफेरेकाे पाइएको छ ।

नेपालले नक्सामा समावेश गरेपनि  लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र भारतले कब्जा गरेर राखेको छ ।

प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणका क्रममा समकक्षी मोदीसँग सीमा समास्या समाधानका विषयमा छलफल भएको बताएका छन् ।

शुक्रवार साँझ मात्रै प्रधानमन्त्री देउवा दूतावासमा आयोजित समारोहमा सहभागी भएका थिए ।

Comments

One response to “दिल्लीस्थित नेपाली दूतावासमै चुच्चे नक्सा गायब !”

  1. सुरेश गुरुङ Avatar
    सुरेश गुरुङ

    अरु केही पर्दैन बस अब यो बुढा पाका नेता लाई घर मा बस्ना लगाऊ र युबा नेता लाई सरकर को जिम्मा दियू

Leave a Reply

Your email address will not be published. Required fields are marked *