काठमाडौं । काठमाडौंमा पेट्रोलिय पदार्थको अभाव देखिन थालेको छ । यहाँका अधिकांश पेट्रोल पम्पमा ‘पेट्रोल छैन’ लेखिएको कार्ड झुण्ड्याइन थालेको छ ।
भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची आएसँगै हिजो बेलुकी काठमाडौँका पेट्रोल पम्पहरूमा लामो लाइन देखिएको थियो । आगामी दिनमा पेट्रोल अभाव हुनसक्ने मनोवैज्ञानिक त्रासले मोटरसाइकल सवारी चालकहरू पेट्रोल पम्पमा लाइन लागेका थिए ।

नेपाल आयल निगमसँग विभिन्न माग राख्दै व्यवसायीहरूले पेट्रोलियम पदार्थको ढुवानी हिजोदेखि ठप्प बनाएका छन् । व्यवसायीको अवरोध कायम रहे पेट्रोलियम पदार्थको अभाव सिर्जना हुनसक्ने भएकाले उपभोक्ताहरू त्रासका कारण पेट्रोलियम सञ्चितमा लागेका छन् ।

इन्डियन आयल कर्पोरेसनले हिजो नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार एलपी ग्यासको मूल्य ह्वात्तै बढेको छ । एलपी ग्यास प्रतिसिलिन्डर २७३ रुपैयाँ महंगिँदा मट्टितेल प्रतिलिटर २२ रुपैयाँले बढेको छ । पेट्रोलको मूल्य भने १ रुपैयाँ ४८ पैसाले घटेको छ ।

तस्बिरहरु : उमेश कार्की

Leave a Reply