जनकपुरधाम । सिरहाको गोलबजार नगरपालिका-११ का वडाध्यक्ष रामदेव यादवको निधन भएको छ ।
विराटनगरको नोबेल अस्पतालमा उपचारको क्रममा उनको आज बिहान निधन भएको परिवारले जनाएको छ । अन्दाजी ५५ वर्षीय यादव केही समयदेखि मुटुरोगबाट पीडित थिए ।
यादव नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । उनका श्रीमतीसहित तीन छोरी र छन् । यादवको पार्थिव शरीरलाई हिन्दू परम्परा अनुसार गाउँमै दाहसंस्कार गर्ने तयारी भइरहेको स्थानीय सरोज यादवले बताए ।

Leave a Reply