एमालेमा बसेका दश बुँदे पक्षधरप्रति माधव नेपालको टिप्पणी- फरक मत राखे हातपात हुनसक्छ

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर आफूलाई धोखा दिई एमालेमै बसेका नेताहरू अवसरवादी र ओलीका दास भन्दै उनीहरू कुनै पनि बेला कुटिन सक्ने टिप्पणी गरेका छन् ।

नेकपा एस निकट युवा संघको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गदै अध्यक्ष नेपालले ओलीसँग विद्रोह गर्न नसकेर १० बुँदेका नाममा एमालेमा बसेकाहरू निरीह रहेको र उनीहरूलाई फरक मत राख्न समेत अधिकार नरहेको बताए ।

उनीहरूको सहारा र सल्लाहमा ओलीविरुद्ध लडाइँ लडेकोमा उनीहरूले अन्तिममा धोखा दिएको नेपालले बताए । नेपालले केपी ओलीले पार्टीभित्र पहिले देखिनै गुन्डा र साइबर स्यालहरूको जमात तयार पारेकाले त्यहाँभित्र फरक मत राख्नेहरूलाई कुनै पनि बेला हातपात हुन सक्ने बताए ।

अध्यक्ष नेपालले केपी ओली अझै पनि राजावादीहरूसँगको षड्यन्त्रमा रहेको बताउँदै पाँच दलीय गठबन्धन तीनै तहको चुनावमा हुने बताए । उनले युवा संघलाई गाउँ तहदेखि नै चुनावी तयारीमा लाग्न निर्देशन दिएका छन् ।

Comments

One response to “एमालेमा बसेका दश बुँदे पक्षधरप्रति माधव नेपालको टिप्पणी- फरक मत राखे हातपात हुनसक्छ”

  1. ksp pyl Avatar
    ksp pyl

    भाषण सुन्दा, अनुहार हेर्दा अब के लाग्याे भने एक्लै बरबराउँदै रत्नपार्ककाे पेटी सडकतिर ओलि मुर्दावाद भन्न थाल्ने हाे कि? त्याे हद्सम्म चाहिँ नहाेस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *