शिक्षकहरु परीक्षार्थी बनेपछि धनुषामा ६ दिन विद्यालय बन्द हुने

जनकपुरधाम । शिक्षकहरु खुल्ला तथा बढुवासम्बन्धी प्रयोगात्मक परीक्षामा सहभागी हुने भएकाले धनुषाका विद्यालयहरु ६ दिनका लागि बन्द हुने भएको छ ।

शिक्षक सेवा आयोगले लिने माध्यमिक, निम्न माध्यमिक र प्राथमिक तहमा विद्यालयका स्थायी, करार तथा राहत शिक्षकहरु परीक्षार्थी हुने भएकाले ६ दिन विद्यालय बन्द गर्न शिक्षा विकास तथा समन्वय इकाई, धनुषाले सबै पालिकालाई अनुरोध गरेको छ।

शिक्षा विकास तथा समन्वय इकाई धनुषाका प्रमुख युक्तप्रसाद शर्माले जिल्लाका १८ वटै पालिकालाई पत्राचार गरी वर्षे बिदाबाट कट्टा हुनेगरी चैत १३ देखि १८ गतेसम्म ६ दिन विद्यालयहरु बन्द गरिदिन अनुरोध गरेका छन् ।

शिक्षक पेशागत संघ संगठनका अध्यक्षहरुको टेलिफोन अनुरोध अनुसार विद्यालय बन्द गरिदिन सिफारिश साथ अनुरोध गरिएको इकाई प्रमुख शर्माले पालिकाहरुलाई पठाएको पत्रमा उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *