भीम रावलको गर्जनः बालुवाटारमा बस्ने केटोले सुन्नुस्…

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बालुवाटारमा बस्ने केटो’ को संज्ञा दिएका छन् । केही समयअघि प्रधानमन्त्री केपी ओलीले सुदूरपश्चिममा गएर भाषण गर्दै रावललाई ‘केटो’ भनेको विषयलाई लिएर उनले जवाफ फर्काएका हुन् ।

प्रचण्ड माधव समूहको धनगढीमा आयोजित विरोध सभामा बोल्दै रावलले भने, ‘यो खुलामञ्चको आँगनमा र घरघरमा प्रत्यक्ष प्रसारण सुनिरहेका जनताको तर्फबाट भन्छु यो केटोले निरंकुशताको विरुद्धमा, केपी ओलीको कर्तुत विरुद्धमा हाम्रा दुई अध्यक्षको नेतृत्वमा जनतालाई जुरुक्क उचालेको छ, बालुवाटारमा बस्ने केपी ओली केटोले सुन्नुस् ।’

रावलले प्रधानमन्त्रीलाई ‘भगुवा’ को संज्ञा पनि दिए ।

‘उहाँ एक नम्बरको भगुवा हो’ रावलले भने, ‘तीन महिनाभित्र पार्टी एकीकरणको काम सम्पन्न गर्ने भनेपछि केपी ओलीले पार्टीको बैठक नै बोलाउन मान्नुभएन ।’ सुदूरपश्चिमबाट एकैपटक चार मन्त्री बनाएको प्रसंग निकाल्दै रावलले पार्टी फुटाउन ओलीले मन्त्री पदलाई अस्त्र बनाएको दाबी गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *