वीरगन्ज । वीरगन्ज महानगरपालिका–१३ श्रीपुर टोल बस्ने २८ वर्षीया महिलामाथि एसिड प्रहार भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा पर्सा वीरगंज महानगरपालिका–१३ श्रीपुर बस्ने ३२ वर्षीय रामबाबु साह र सोही ठाउँ बस्ने ५० वर्षीय हवारी साह रहेका छन् ।
माइतीघर बारा कलैया उपमहानगरपालिका–२३ कोरिया टोल जाने क्रममा मोटरसाइकलमा आएका २ जनाले ती महिलालाई एसिड प्रहार गरेका र उनीहरुलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा पक्राउ परेका दुबैजनामाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply