तनहुँ घटनामा गायक कमल खत्रीको बयान- पल कतिबेला आएर सुते, थाहा पाइन

काठमाडौं । पल शाह बलात्कारमा मुछिएको तनहुँ घटनामा गायक कमल खत्रीसँग पनि प्रहरीले बयान लिएको छ ।

बलात्कार भएको भनिएको दिन पलले आफू खत्रीसँग सुतेको बताएका छन् । घटनाबारे के भन्छन् त खत्री ?

यस्तो छ उनको बयान:-

म विगत देखी कलाकारिता (गायन) क्षेत्रमा रहेको र पीडित तथा प्रतिवादी पनि कलाकारिता क्षेत्रमा काम गर्ने हुँदा चिनजान भएको हो । मैले रचना गरी संगित दिई म आफैले गाएको फिका फिका बोल गितको म्युजिक भिडिओको मोडल भूमिकामा रहेका प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाह समेतको सुटिङ टोली काठमाडौंबाट मिति २०७८-०१-१३ गते पोखरा गई सुटिङ गरी बाँकी भागको सुटिङ गर्न प्रतिवादी पल शाह भन्ने पूर्णविक्रम शाहले जिल्ला तनहुँ शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा वस्ने प्रदिप थापासँग फोन सम्पर्क गरी दुलेगौडामा सुटिङ गर्ने भनि हामी सुटिङ टोली पोखराबाट दुलेगौडा आउने तरखरमा रहँदा प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले फोनमा कुरा गर्दै गरेको आफ्नो मोवाइल मलाई दिई पीडितसँग कुरा गर्नु भनेकाले र पीडितले भोलीबाट कास्कीमा लकडाउन हुने भयो म पनि तपाइँहरुसँगै काठमाण्डौ जान्छु भनेकीले पीडित सहितको सुटिङ टोली साँझ मिति २०७८-०१-१४ गते साँझ पीडित नाबालिका, प्रतिवादी पल शाह भन्ने पूर्ण बिक्रम शाह, जुरी ठाकुर र म समेत चार जना प्रदिप थापाको घरमा बास बस्ने क्रममा घरधनी प्रदिप थापाले पीडित नावालिकालाई छुट्टै कोठामा, प्रतिवादी र मलाई एउटा कोठामा तथा जुरी ठाकुरलाई हलमा सुत्ने व्यवस्था गरी दिएकोले सबै जना सँगै खाना खाई म, राती अन्दाजी साढे ११ बजेतिर कोठामा गई सुतेको थिएँ । प्रतिवादी राती कति बेला आएर मसँगै सुते मैले थाहा पाइन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *