संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसला गलत थियो भनेर एमाले जानु हुँदैन : घनश्याम भुसाल (भिडिओ)

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद विघटनको निर्णय बदर गर्ने सर्वोच्चको फैसला गलत हो भनेर एमाले चुनावमा जाने हो भने संविधान भत्किने दाबी गरेका छन् ।

मंगलबार पत्रकारहरूसँग वाम एकताको औचित्यबारे छलफल गर्दै भुसालले संसद विघटन र पुन:स्थापना इतिहासको घटना भइसकेको भन्दै अब एमालेले राजनीतिक मुद्दाको संवैधानिक टुंगो लागिसकेकाले त्यहिँ छाड्नुपर्ने बताए ।

भुसालले भने, ‘नेकपा विभाजनको सैद्धान्तिक राजनीतिक कारण थिएन, एउटा राजनीतिक कारण थियो संसद विघटन । त्यसमा हामी अहिले पनि विभाजित छौं । त्यसलाई अदालतले निर्णय गरिसकेको छ । यो संविधान रहेसम्म संसद विघटन हुँदैन भनिसकेपछि अब एमालेले सर्वोच्चको त्यो निर्णय गलत भनेर जाने हो भने संविधान भत्किन सक्छ र सोझै अस्थिरताको पक्षमा हिँड्नुपर्ने हुन्छ ।’

एमालेले संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसला गलत रहेको र पछिल्लो परमादेश सेटिङबाट आएको बताउँदै आएको छ ।

Comments

2 responses to “संसद पुन:स्थापना गर्ने सर्वोच्चको फैसला गलत थियो भनेर एमाले जानु हुँदैन : घनश्याम भुसाल (भिडिओ)”

  1. TIMELSENA PRADIP Avatar
    TIMELSENA PRADIP

    ANE AFFNOO SARKAR DHALLNII TAPAYEE CHAII SAHII HOLA HAIINA KAMRED

  2. Nagendra Avatar
    Nagendra

    ओलीलाई हटाएर देउवालाई प्रधानमन्त्री बनाउनु नै अग्रगमन, क्रान्तिकारी काम र कम्युनिस्ट आन्दोलनको उचाइ छुने एउटा छलांग मारेको कुरा हो भन्दै जानु पर्छ नि अब, खुंखार कम्युनिस्ट अनि क्रान्तिकारी प्रचण्ड र म्मकुने ले त्येही गरका छन्, अबको नेपाली कम्युनिस्ट क्रान्तिको बाटो त्यो भन्दै जाम है !!!
    पत्रु !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *