झापा । झापाको बि एण्ड सी मेडिकल कलेजले अति विपन्न व्यक्तिहरूलाई निः शुल्क स्वास्थ्य बिमा गराएको छ ।
झापामा रहेको बि एण्ड सी टिचिङ अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले सामाजिक उत्तरदायित्व अन्तरगत विपन्नहरूको निःशुल्क स्वास्थ्य बिमा गरिएको बताए ।
आर्थिक अवस्था कमजोर भएका कारण कार्यक्रममा समावेश हुन नसकेका नागरिकलाई समेटिएको उनले बताए ।

तस्बिरहरु : गाैरव पाैडेल

Leave a Reply