काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्याय सेवाका कर्मचारीको सरुवा र बढुवामा अतिरिक्त चासो दिएका छन् ।
कामु भएलगत्तै धमाधम न्यायाधीश नियुक्तिदेखि सरुवा-बढुवामा हात हालेका कार्कीले आइतबार न्याय सेवा आयोगको बैठक राखेर नियुक्ति र सरुवा गरेका हुन् ।
आयोगको बैठकले सरकारी वकिल तथा न्याय सेवाका सहसचिव, उपसचिव र अधिकृतहरूको सरुवा गरेको छ ।

Leave a Reply