सामाजिक विकास मन्त्री यादवद्वारा शंकराचार्य पीठलाई एक लाख सहयोग

झापा। झापाको अर्जुनधारा नगरपालिका वडा नं.१ मा रहेको शंकराचार्य पीठ साधुटारले दैनिक एक रुपैयाँ दान ११ करोडको अक्षयकोषको स्थापना महाअभियानका लागि ४५ लाख बढी रकम शंकलन गरेको छ ।

उक्त अभियानमा प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जयकुमार यादवले आफ्ना स्वर्गीय पिता बज्रु यादवको स्मृतिमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ रकम प्रदान गर्ने घोषणा गरेका छन् ।

साधुटारका सर्वाङ्गीण विकासका लागि सहयोग पुर्याउने वचन बद्धता समेत राखेका यादवले वैदिक सनातन धर्मको संरक्षण र संवद्र्धनमा साधुटारले पुर्याएको योगदानको खुलेर प्रशंसा समेत गरेकाका थिए ।

२०७७ साल फागुन १ गतेबाट शंकराचार्य पीठमा सञ्चालित अभियान अहिले रकम जुटाउन लागि परेको पीठका अध्यक्ष एवम् व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले बताए । गत वर्षबाट झापाका तत्कालिन् प्रजिअ श्रवणकुमार तिम्लिसना, एसपी सानुराम भट्टराई, आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले रसिद काट्दै अभियानको शुभारम्भ गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *