होलीका नाममा जथाभावी गरे पक्राउ गर्न आदेश

भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले होली पर्वका नाममा जथाभावीरुपमा गैरकानुनी कार्य गरेमा तत्काल पक्राउ गरी कारबाही गर्न आदेश दिएको छ ।

कार्यालयले कसैको इच्छाविपरीत फोहोर पानी फाल्ने, केमिकलसहितको रङ दल्ने, प्लाष्टिकजन्य लोला हान्ने, रासायनिक पदार्थ छ्याप्ने, बाटोमा हिँड्ने व्यक्तिलाई अनावश्यक दुःख दिने, बाटो अवरोध गरी सवारी साधनबाट रकम असुल्ने, यातायात आवागमनमा अवरोध गरे तत्काल पक्रााउ गरी कारबाही गर्ने भनेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले यसबारेमा सार्वजनिक अपिल जारी गरेर कानुनले बन्देज लगाएका क्रियाकलाप नगर्न अनुरोध गर्दै यस्ता कार्य गरेमा कानुनबमोजिम कारबाही गरिने उनले बताइन् ।

सांस्कृतिक पर्व होली मनाउने क्रममा व्यक्तिको धार्मिक तथा सांस्कृतिक मूल्य मान्यतामा आँच आउने कुनै पनि कार्य नगर्न आह्वान गर्दै उनले ऐतिहासिक जिल्ला भक्तपुरमा होली मनाउँदा आ–आफ्नो धार्मिक, सांस्कृतिक, सामाजिक परम्पराको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरी सभ्य, भव्य तथा सुसंस्कृतिरुपमा मनाउन आह्वान गरेकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *