अदालतलाई अस्थिर र नियन्त्रित बनाउने प्रयासको एमालेले भण्डाफोर गर्ने (भिडिओ)

काठमाडौं । नेकपा एमालेले सत्ता गठबन्धन न्यापालिकालाई अस्थिर र आफ्नो नियन्त्रणमा राख्ने उद्देश्यले अघि बढेको भन्दै त्यसको संवैधानिक तथा कानूनी प्रतिवाद गर्दै भण्डाफोरमा उत्रिने निर्णय गरेको छ ।

संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने उद्देश्यले नभइ अदालतलाई आफू अनुकूल चलाउन आएको थियो भन्ने कुरा संसदको अधिवेशन हठात् अन्त्य गर्नुले पनि पुष्टि भएको बताएका छन् ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक विशाल भट्टराईले अदालतलाई अस्थिरतामा राख्ने दुराशयको भण्डाफोर गर्दै आवश्यक पर्दा सबै उपायबाट न्यायिक स्वतन्त्र बचाउन एमाले तयार रहेको बताए ।

प्रमुख सचेतक भट्टराईले महाअभियोग प्रस्तावको उद्देश्य प्रष्ट भइसकेको भन्दै अदालतलाई सत्ता गठबन्धनको मतियार बनाउने संकेत देखिए एमालेले प्रतिवाद गर्ने चेतावनी दिए ।

Comments

One response to “अदालतलाई अस्थिर र नियन्त्रित बनाउने प्रयासको एमालेले भण्डाफोर गर्ने (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    अदालतलाई सत्ता गठबन्धनकाे मतियार बनाउन लागिएकाे स्पष्ट भैसक्याे । गठबन्धनकाे आदेशपालक भएर कार्कीलाई प्रयाेग गर्ने उद्देश्य हाे । त्यसका केही संकेत देखिईसकेका छन् । तर अचम्म न ज्यानमारा मुखिया केही बाेल्छ न पामेटमाराकाे जति पनि इज्जत नभएका केही मेडिया, वकिल, दलाल सन्काहा वाग्ले बाेल्छ । यिनले स्वतन्त्र न्यापालिका भनेर कराएकाे दिन दलाली खान नपाएर हाे रहेछ भनेर बुझे हुन्छ ।ओलिकाे पालामा कराउने सबै मिडिया, वकिल भु.पु. न्यायाधिश, भि.सि. मानवअधिकारवादी त दलाली खान नपाएर कराएका रहेछन् । गठबन्धनले जस्ताे ओलिले देशकाे बजेट सकेर तिनलाई दलाली खान दिएनन् । अहिले दलाली भाग पाएर ती चुपचाप छन् । यस्ता दलालले पैसा पाएमा जे पनि गर्छन । पैसाकाे लागि सन्तानलाई बेच्ने र यिनमा केही फरक देखिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *