काठमाडौं । नेपाल तामाङ घेदुङको अध्यक्षमा मोहन गोले पुनः निर्वाचित भएका छन् । बुधवार सम्पन्न नवौं राष्ट्रिय महाधिवेशनबाट गोले पुनः निर्वाचित भएका हुन् ।
घेदुङको सहअध्यक्षमा कुमार सिंह घिसिङ, बरिष्ठ उपाध्यक्षमा रामकृष्ण ब्लोन, उपाध्यक्षहरु सोमबले तामाङ, धर्म लामा, सञ्चुमाया ब्लोन, सीता गोले चयन भएका छन् भने महासचिवमा काजिमान थिङ चयन भएका छन् ।
उपमहासचिवमा जगत दोङ, हर्क तामाङ, सचिवमा जयमान वाइबा, गोमानसिंह तामाङ, बेलबहादुर लामा, कोषाध्यक्षमा रुप योन्जन र सहकोषाध्यक्षमा साबित्री तामाङ चयन भएको घेदुङले जनाएको छ ।

Leave a Reply