विमान चार्टर्डमा भ्रष्टाचार गर्नेको फाइल खोलेर कारवाही गर्ने मन्त्री आलेको दावी

काठमाडौं । संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले कोभिड महामारीका कारण भएको लकडाउनका बेला विमान चार्टर्डमा भएको अनियमितताका फाइल खोलिएको बताएका छन् ।

नेकपा एसनिकट अनेरास्ववियूले सरस्वती क्याम्पसमा आयोजना गरेको सम्मेलन तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले लकडाउनको समयमा अन्तर्राष्ट्रिय उडानको चार्टर्डमा भ्रष्टाचार गर्नेहरुको फाइल खोलेर कारवाही गर्ने बताए ।

आलेले विगतमा केपी ओली नेतृत्वको सरकारमा आफू वन मन्त्री हुँदा वैज्ञानिक वन व्यवस्थापनको नाममा करोडौं भ्रष्टाचार गर्नेहरुलाई कारवाही गर्न खोज्दा ओलीले रोकेर डनहरुको संरक्षण गरेको आरोप लगाए ।

कार्यक्रममा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली लगायतले सम्बोधन गरेका थिए । सो अवसरमा कलाकारहरुले आ-आफ्ना प्रस्तुति दिएका थिए ।

Comments

One response to “विमान चार्टर्डमा भ्रष्टाचार गर्नेको फाइल खोलेर कारवाही गर्ने मन्त्री आलेको दावी”

  1. ksp pyl Avatar
    ksp pyl

    काठ तस्करीकाे फाईलचाहि कहिले खाेल्ने नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *