प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि संसदमा छलफल हुने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध लगाइएको महाअभियोगमाथि संसदमा छलफल हुने भएको छ ।

भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा त्यसको समय तय हुने कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ ।

सभामुखले भोलि बस्ने बैठकमा छलफलको दिन र समय प्रस्ताव गर्ने छन् । तर, त्यसमाथि निर्णय भएपछि संसदमा छलफल सुरु हुने छ ।

यसअघिको बैठकमा महाअभियोग लगाइएका राणामाथि छानविन गरि सिफारिस गर्न ११ सदस्यीय सिफारिस समिति गठन भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *