‘केपी प्रवृत्तिविरुद्ध लड्न देउवालाई प्रधानमन्त्री भइदिनुहोस् भन्नुपर्ने विचित्रको अवस्था राजनीतिमा आयो’

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफूहरुले अन्य पार्टीका प्रमुखलाई प्रधानमन्त्री बनाउनुपर्ने विचित्रको अवस्था राजनीतिमा आएको बताएका छन् ।

शुक्रबार पार्टीको कर्णाली प्रदेश समितिको प्रशिक्षणमा प्रचण्डले ‘केपी प्रवृत्ति’ विरुद्ध लड्न आफूहले त्यस्तो गरेको बताए ।

‘मैले र माधव नेपालले शेरबहादुरकहाँ गएर तपाईं प्रधानमन्त्री भइदिनुहोस् भन्यौं,’ उनले भने, ‘हामी संख्या पुर्‍याउँछौं, तपाईं प्रधानमन्त्री हुन तयार भइदिनुपर्‍यो भनिदिनुपर्‍यो । प्रत्यक्षमा हामीले बढी सिट जितेको हो । तर, हामी केपी प्रवृत्तिविरुद्ध लड्नु प्रमुख हो भनेर त्यसमा अगाडि बढ्यौं ।’

‘प्रतिगमनविरुद्ध संघर्ष’ मा माओवादीले आफूलाई प्रमाणित गरेको प्रचण्डको भनाइ छ। ‘हामीले त्यसविरुद्ध विद्रोहको झण्डा उठाएको हो,’ उनले भने, ‘अरु कुनै पनि पार्टीले प्रतिगमनविरुद्ध विद्रोह गरेर महाधिवेशन गरेका होइनन्। त्यसबाट माओवादी ज्यान दिएर लड्न तयार छन् भन्ने प्रामाणित भएको छ ।’

प्रचण्डले निकै अन्यौलताका बेला गत साउनको बैठक पार्टीलाई वैचारिक र सांगठनिक दिसा देखाउन सफल भएको दावी गरे। ‘साउन ३० र ३१ गते बसेको केन्द्रीय समिति बैठक हाम्रो पार्टीलाई ऐतिहासिक मोड दिने ऐतिहासिक बैठक बन्यो,’ उनको भनाइ छ, ‘ हामी जाने बाटो यही हो स्पष्ट थिएन । संगठनलाई सुधार गर्नेबारे पनि कसैको दिमागमा स्पष्ट चित्र आएको थिएन ।’

Comments

2 responses to “‘केपी प्रवृत्तिविरुद्ध लड्न देउवालाई प्रधानमन्त्री भइदिनुहोस् भन्नुपर्ने विचित्रको अवस्था राजनीतिमा आयो’”

  1. ksp pyl Avatar
    ksp pyl

    देश माओवादीकाे एजेण्डामा चलेकाे हाेईन । माओवादी अरूलाई सरकार बनाउन भरिया भएकाे हाे । दुई चार मन्त्री खान र ती मार्फत कमिशन खान पाए पुग्याे प्रचण्डलाई । त्यहि कमिशनकाे पैसाले विलाशी जीवन बाँचिरहन पाए पुगिहाल्याे । माओवादीकाे एजेण्डामा भए त एमसिसि संशाेधन सहित पास हुनुपर्ने । काँग्रेसले लतारेर पास गर्ने कि के हाे भनेर हप्काए पछि लुरूक्क परेर पास गर्ने अनि भन्ने देश माओवादीकाे एजेण्डामा हिडेकाे छ । लाज लाग्दैन अलिकति जे पनि भन्दा ? तिमी त भरिया हाै ।

  2. Nagendra Avatar
    Nagendra

    किन कि तिमी नेपाल र नेपालीको लागि हैन विदेश र बिदेशीको लागि कम्फ़र्टेबल सरकार बनाउन लागेउ !! तिम्रो उदेस्य, धेय, धुन र लक्ष्य त्येतई तिर केन्द्रित छ !!! यस्तो कुरा सुन्ने अनि तालि बजाउने को र कस्ता ?? यस्तो कुरा गर्ने लाई गरेकै बखत मुख बन्द गरिदिनु पर्ने हैन ??

Leave a Reply

Your email address will not be published. Required fields are marked *