श्रीलंका नेभीमाथी नेपालको लगातार दोस्रो जित

काठमाडौं । विश्वकप लिग-२ को आसन्न त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको तयारीमा रहेको नेपालले श्रीलंकाको प्रथम श्रेणी क्रिकेट खेल्ने टोली श्रीलंका नेभीमाथी लगातार दोस्रो जित हात पारेको छ।

श्रीलंकामा रहेको नेपाली टोलीले मंगलबार नेभीलाई ८१ रनले पराजित गर्‍यो। यसअघि पहिलो खेलमा सोमबार एक सय १ रनको जित हात पारेको थियो।

पहिला ब्याटिङ गरेको नेपालले ४३.४ ओभरमा सबै विकेट गुमाएर एक सय ९६ रन जोडेको थियो। नेपालको पालीमा दीपेन्द्रसिंह ऐरीले ६३, विवेक यादबले २६ र भीम सार्कीले २८ रन जोडे। ज्ञानेन्द्र मल्ल १, कुशल भुर्तेल ३, रोहित पौडेल ८ र विनोद भण्डारी २ रन जोडेर आउट भए।

नेभीले ३०.५ ओभरमा सबै विकेट गुमाएर एक सय १५ रनमात्र जोड्न सक्यो। श्रीलंकामा नेपालले थप दुई वटा अभ्यास खेल खेल्ने छ। नेपाली टोली पपुआ न्युगिनी र यूएई सम्मिलित त्रिकोणात्मक एकदिवशीय अन्तर्राष्ट्रिय शृंखला खेल्न मार्च १४ तारिखमा यूएई प्रस्थान गर्ने छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *