बुटवलबाट १७ बन्दकर्ता पक्राउ

रुपन्देही । एमसीसीको विरोधमा गरिएको नेपाल बन्दमा सडकमा उत्रिएका १७ जना बुटवलबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार उनीहरू बुटवलको बसपार्क र हस्पिटललाइनबाट पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा वामपन्थी नेता तथा कम्युनिष्ट संग्रालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका नेता बासुदेव पोखरेल, नेकपा क्रान्तिकारी माओवादीका पोलिट ब्यूरो सदस्य पे्रम सुवेदी, लेखक तथा साहित्यकार खोमा तरामु, बिरेन्द्र विक, पारस राहादी, इन्दु ओली, जानकी बोहरालगायत १७ जनालाई प्रहरीले गिरफ्तार गरेको हो ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । यस्तै पाल्पा, अर्घाखाँची लगायत देशका विभिन्न स्थानबाट पनि प्रहरीले बन्दकर्ताहरूलाई पक्राउ गरेको छ । बन्दका कारण यो क्षेत्रमा लामो यात्राका यातायातका साधन चलेका छैनन् भने शिक्षण संस्था बन्द रहेका छन् । मुख्य बजार बिहानैदेखि सुनसान छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *