सिंहदरवार-देशको केन्द्रीय सचिवालय कि कबाडी संग्रहालय (तस्बिरहरु)

काठमाडौं । विभिन्न कामका लागि ल्याइएका महँगा गाडी बिग्रिएपछि सरकारी कार्यालयका पार्किङमा थुप्रिएका छन् । मर्मत गरेर चलाउन सकिने अवस्थाका गाडी मर्मत नगरि नयाँ गाडी खरिद गर्ने र यसरी खरिद गर्दा कमिसन आउने लोभमा गाडी थन्क्याइन्छन् ।

सरकारी कार्यालयका परिसरमा मा वर्षौंदेखि सवारी साधन थन्किँदा कार्यालय थोत्रा गाडिका ग्यारेजजस्तै बनेका छन् ।केही वर्षअघिसम्म सिंहदरवार परिसरमा बग्रेल्तै देखिने केही पुराना गाडी हटाइए पनि सिंहदरबार बाहिरका सरकारी कार्यालयमा पुराना गाडी अझैं देखिन्छन् ।

पार्किङ र खुला ठाँउमा राखिएका यस्ता गाडी झारपातले ढाकिएका छन् । कार्यालय परिसरको कुनामा थुप्रिएका धुलाम्मे साइकल, मोटरसाइकल र जीप कारले परैबाट जिस्काइरहेका जस्तो देखिन्छ । ती वर्षौंदेखि थन्किएका गाडि मक्किएर, सडेर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

पुल्चोकस्थित सरकारी विभाग, कार्यालयहरु, बानेश्वरस्थित यातयात विभाग परिसर, सडक विभाग र सिंहदरबार परिसरमा थन्किएका गाडीको तस्बिरहरु :

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *