ओमकार परिवारसँग जोडिएर पार्टीलाई अघि बढाउँछौंः कमल थापा

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशको धरातलीय यथार्थलाई मनन गर्दै राप्रपा नेपाललाई पुनरजागृत गर्नुपरेको प्रष्ट पारेका छन् । सनातन धर्म, संस्कृति र परम्पराको जग धरापमा पर्न थालेकोले राप्रपा नेपालले देशव्यापी जनजागरण चलाउने उनले बताए ।

भातृ संगठनहरुको संयुक्त बैठकलाई आज काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाललाई अन्तर्राष्ट्रिय शक्तिहरुको रणनीतिक प्रतिस्पर्धाको थलो बनाइने खतरा बढेको भन्दै चिन्ता व्यक्त गरे । जिम्मेवार भनिएका राजनीतिक दलहरुले उनीहरुलाई सहयोग पुग्नेगरी निर्वाध आमन्त्रण गर्ने परिपाटी बसालेकाले त्यसको अन्त्य गर्न राप्रपा नेपाललाई बलियो शक्ति बनाउनुपर्नेमा उनले जोड दिए ।

पछिल्लो समयमा राजसंस्था पुन:स्थापनाको मुद्धालाई मात्र अगाडि सारेर हिन्दुराष्ट्र, सुशासन, विकास जस्ता मान्यतालाई ओझेल पार्ने काम भएकोले राप्रपा नेपाललाई व्युताउँन वाध्य भएको उनले अध्यक्ष थापाले बताए ।

‘अब राप्रपा नेपालले रणनीतिक रुपमा हिन्दुराष्ट्र, सुशासन र समृद्धिलाई मूख्य एजेण्डा बनाएर अघि बढ्ने छ,’ उनले भने । यो सन्देश जनतासमक्ष पुर्याउन उनले सबै भातृ संगठनहरुलाई निर्देशनसमेत दिए ।

९४ प्रतिशत ओमकार परिवारसँग जोडिएर पार्टीलाई अघि बढाउने राप्रपा नेपालको लक्ष्य रहेको पनि थापाले बताए ।

बैठकमा राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी अध्यक्ष ममता राई, राप्रयुसंका उपाध्यक्ष दामोदर वाग्ले, पूर्वप्रहरी परिषदका अध्यक्ष हरिहर श्रेष्ठ, राप्रविसंका का.वा. अध्यक्ष शशी भण्डारी, सनातन धर्म संस्कृति संगठनका सुजन अधिकारी, राष्ट्रिय प्रजातान्त्रिक उत्पिडीत संगठनका उपाध्यक्ष सरला वि.क., ट्रेड युनियन महासंघ नेपाल (टुकोन) का प्रथम उपाध्यक्ष आनन्दकुमार रिसाल, राप्रविसंका पूर्व अध्यक्ष उज्वल पोखरेल लगायत सहभागी थिए ।

राप्रपा नेपालले फागुन ७ गते राष्ट्रिय सभागृहमा पार्टीको औपचारिक घोषणा सभा राखेको छ । घोषणासभा लगत्तै देशव्यापी संगठन निर्माणमा जुट्दै स्थानीय निर्वाचनको तयारीमा लाग्ने राप्रपा नेपालले जनाएको छ ।

Comments

One response to “ओमकार परिवारसँग जोडिएर पार्टीलाई अघि बढाउँछौंः कमल थापा”

  1. ksp pyl Avatar
    ksp pyl

    तपाईकाे अभियानमा हाम्राे पनि साथ रहनेछ । ज्ञानेन्द्रलाई बाेकेर त उँभाे लागिदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *