काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
हमाल एनआरएन थाइल्याण्डका पूर्वअध्यक्ष समेत हुन् ।
बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन परेको थियो । अध्यक्षका लागि पहिलो पटक निकालिएको सूचना विवादमा आएपछि दोस्रोपटक अध्यक्षको लागि आवेदन मागिएको थिए ।
हमाल कांग्रेसनिकट हुन् ।

Leave a Reply