विदेशमा अध्ययनरत युवतीको नक्कली फेसबुक बनाएर अश्लिल स्टाटस राख्ने व्यक्ति पक्राउ

काठमाडौं । अध्ययनको शिलशिलामा अष्ट्रेलियामा रहेकी एक युवतीको नक्कली फेसबुक आइडी बनाएर अश्लिल स्टाटस, फोटो र भिडियो राख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

अश्लिल तस्विर र भिडियो पोष्ट गरी अश्लिल स्टाटस लेखेर पीडितको आफन्त लगायत साथीभाईलाई सेयर गरी चरित्र हत्या गर्ने कार्यमा संलग्न रुपन्देहीको बुटवल उप–महानगरपालिका ११ देवीनगरका २५ वर्षका एलिस भन्ने राजन श्रेष्ठलाई साइवर व्यूरोको टोलीले पक्राउ गरेका हो ।

पक्राउ परेका श्रेष्ठले विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेकोले जिल्ला अदालत काठमाण्डौको अनुमती लिएर मंगलबार प्रहरीले पक्राउ गरेर जिल्ला अदालतको आदेशमा दिन सात दिन म्याद थप गरेर गरिएको व्यूरोका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्ष(एसएसपी) नविन्द अर्यालले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *