करोडौंको अवैध खाद्य वस्तुसहित झापा प्रहरीद्वारा एक जना पक्राउ

झापा । तीन करोड रुपैयाभन्दा बढी मूल्य पर्ने ओरिएन्स कम्पनीका विभिन्न किसिमका खाद्यान्न (डाइटरी सप्लिमेन्ट) सहित झापा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

दमक नगरपालिका वडा नम्बर ६ स्थित पदम गुरुङको घरमा भाडा लिई अवैध रुपमा उक्त कम्पनीका खाद्य वस्तुहरु भण्डार गरि विक्री गर्न लागेको सूचनाका आधारमा सामान सहित पक्राउ गरिएको झापा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताए ।

 

दमककै जितेन्द्र साहले काठमाडौंको बालाजुमा दर्ता रहेको ग्लोवल ओरियन्स प्रालिले  खाद्य वस्तु खरिद गरि ठूलो परिणाममा राखेको प्रहरीले बताएको छ ।

कम्पनीका संचालकहरुमध्ये जितेन्द्र साहलाई पक्राउ गरिएको र अरु व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बरामद भएका सामानहरुको मूल्य ३ करोड २९ लाखको विल भएको तर साढे २ लाखको विल नभएको सामान भेटिएको प्रहरीले बताएको  छ ।

पक्राउ परेका व्यक्ति र बरामद सामानलाई प्रहरीले बुधवार राजश्व अनुसन्धान कार्यालय इटहरीमा पठाउने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *