खोप लगाउनुभन्दा टेनिस नै खेल्न छोड्छु : जोकोभिच

काठमाडौं । विश्व नम्बर एक सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिचले कोभिड खोप लागाउनुभन्दा टेनिस नै खेल्न छोड्ने बताएका छन् ।

बीबीसीसँग कुरा गर्दै उनले भ्याक्सिन विरोधि आन्दोलनमन आबद्ध नहुने तर व्यक्तिगत रोजाइलाई समर्थन गर्ने बताए ।

जोकोभिचलाई भ्याक्सिन नलागाउने आफ्नो अडानले गर्दा विम्बलडन र फ्रेन्च ओपनपनि त्याग्नेकी भनेर प्रश्न गरिएको थियो ।
‘हो म यस्को लागि सबै प्रकारको मुल्य चुकाउन तयार छु,’ उनले भने।

२० पटकका ग्राण्डस्लाम च्याम्पियन जोकोभिचलाई कोरोना आइसोलेसनको नियम पालना नगरेकाले गत महिना अष्ट्रेलियन ओपन सुरु हुनु अगाडी अष्ट्रेलियन सरकारले स्वोदेश फर्काइदिएको थियो ।

‘म भ्याक्सिनकोविरुद्धमा हैन मैले बच्चामा लगाएको थिए तर, मैले सँधै आफ्नो शरिरमा के लगाउने नलगाउने त्या निर्णय लिन पाउँने स्वतन्त्रतालाई सँधै सपोर्ट गर्छु,’ उनले बीबीसी सँग भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *