विप्लव नेतृत्व नेकपाको जुम्ला जिल्ला समिति माओवादीमा समाहित

काठमाडौं । नेक्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्व नेकपाको जुम्ला जिल्ला समिति नेकपा (माओवादी केन्द्र)मा समाहित भएको छ। मंगलबार नेकपाका जुम्ला जिल्ला इन्चार्ज चन्द्रबहादुर तिरुवासहितको सिंगो समिति माओवादी केन्द्रमा समाहित भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ।

पार्टी प्रवेश गर्नेहलाई माओवादी अध्यक्ष प्रचण्डले खुमलटार निवासमा आयोजित एक कार्यक्रममा स्वागत गरेका छन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *