प्रचण्डको आशंका- अदालतमा मुद्दा परेर स्थानीय चुनाव प्रभावित हुनसक्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिलेको सत्ता गठबन्धन चुनावसम्मै कायम हुने दोहोर्‍याएका छन् । तर, उनले चुनाव जेठ ४ मै हुने कुरामा भने आशंका जनाएका छन् ।

विहीबार माओवादी केन्द्रको कर्णाली प्रदेश समितिको भर्चुअल बैठकलाई काठमाडौंबाट सम्बोधन गर्दै उनले अमेरिकी सहायता परियोजना (एमसीसी) संशोधनबिना पारित नहुने बताएका छन् ।

‘एमसीसीका कारण गठबन्धन नटुटोस् भनेर हामी लागेकै छौं,’ प्रचण्डको भनाइ उद्धृत गर्दै प्रदेश अध्यक्ष विमला केसीले नेपाल प्रेससँग भनिन्, ‘एमसीसी जस्ताको त्यस्तै पास गरेर जान सकिने अवस्था छैन ।’

आफूहरू चुनावसँग नडराएको भन्दै प्रचण्डले चुनावको तयारी गर्न निर्देशन समेत दिएका थिए। ‘हामी चुनावमा जाने हो’, प्रचण्डको भनाइ थियो, ‘चुनावी तयारी गर्नुहोस, कार्यक्रम बनाउनुहोस र संगठन विस्तार गर्नुहोस् ।’

प्रचण्डले जेठमा चुनाव गर्नुपर्ने सुझाव गठबन्धनले दिएको र त्यही अनुसार निर्णय हुने बताएका थिए । केसीले भनिन्, ‘जेठमा गर्ने गरी छलफल चलिरहेको छ, चुनाव हुन्छ भन्नुभयो ।’

अर्का प्रदेश सदस्य जितबहादुर रानाका अनुसार प्रचण्डले जेठमै चुनाव गर्दा असोजमा निर्वाचित भएका जनप्रतिनिधिले मुद्दा हाल्न सक्ने र त्यसले केही प्रभावित हुने सक्ने आशंकासमेत गरेका थिए ।

‘पछि निर्वाचित भएकाहरुले मुद्दा हालेर जेठमै चुनाव हुने कुरा प्रभावित हुन पनि सक्छ तर हामीले आफ्नो तयारी गर्नुपर्छ,’ राणाले प्रचण्डको भनाइ उद्धृत गर्दै भने ।

Comments

One response to “प्रचण्डको आशंका- अदालतमा मुद्दा परेर स्थानीय चुनाव प्रभावित हुनसक्छ”

  1. ksp pyl Avatar
    ksp pyl

    चुनाव हुने भयाे भने नगर्न म मुद्दा हाल्छु भनेकाे हाे । याे दलाललाई देशमा अस्थिरता ल्याउनु छ । विदेशीकाे इशारामा सरकार विरूद्द बाेल्नु नै मालिकप्रतिकाे यिनकाे भक्ति हाे ?।ढ

Leave a Reply

Your email address will not be published. Required fields are marked *