भारतले नेपाललाई १२ अर्ब अनुदान दिने, कुन देशले कति सहायता पाउनेछन् ?

नयाँदिल्ली । भारतले नेपाललाई १२ अर्ब रुपैयाँ (७ अर्ब ५० करोड) भारु अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

मंगलबार लोकसभामा बजेट प्रस्तुत गर्दैै अर्थमन्त्री निर्मला सीतारमणले आर्थिक वर्ष २०२२/२०२३ को बजेटमा नेपाललाई उक्त बजेट विनियोजन गरेकी हुन् ।

भुटानलाई २२६६ करोड भारु, सिचेल्स १४ करोड, बंगलादेशलाई ३०० करोड, मंगोेलियालाई १२ करोड, म्यानमारलाई ६०० करोड र माल्दिभ्सलाई ३६० करोड भारु अनुदान विनियोजन गरिएको छ ।

अफगानिस्तानलाई सहायताबापत २०० करोड अनुदान उपलब्ध गराउने घोषणा भएको छ । भारतले धेरै अनुदान दिने मुुलुकको सूचीमा भुटान पहिलो स्थानमा छ भने मरिसस दोस्रो स्थानमा ।

भुटानलाई नेपालभन्दा २४ अर्ब ९६ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने घोषणा भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *