मन्त्रालय थप्दै आर्थिक भार बढाएकोमा एमाले प्रदेश १ को आपत्ति

इटहरी । ६ मन्त्रालय रहेको प्रदेश १ को मन्त्रिमण्डललाई दोब्बर बनाउन लागेकोमा नेकपा (एमाले) प्रदेश १ कमिटीले विरोध गरेको छ ।

प्रदेश १ अध्यक्ष तुलसी न्यौपानेले जारी गरेको वक्तव्यमा प्रदेश १ को पूँजिगत खर्चभन्दा साधारण खर्च धेरै भएकोमा थप मन्त्रालय बढाएर प्रदेशले धान्नै नसक्ने आर्थिक भार पारेको भन्दै पाँचदलीय गठबन्धनको आलोचना गरेका छन् ।

उनले लेखेका छन, ‘प्रदेशको आर्थिक अवस्थाले धान्नै नसक्ने गरि अनौचित्यपूर्ण तवरले मन्त्रालयहरु थप गर्ने निर्णय तुरुन्त फिर्ता लिन यो कमिटी जोडदार माग गर्दछ ।’

प्रदेशसभाबाट पारित योजनाहरु खारेज गरिएको, योजनाहरुमा विनियोजित बजेट कटौती गरिएको, विकासका काम ठप्प गरेको र भ्रष्टाचार बढाएको भन्दै न्यौपानेले प्रदेश १ को गठबन्धन सरकारको आलोचनासमेत गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *