सहिद दिवसका अवसरमा दिप प्रज्वलन (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सहिद दिवकास अवसरमा दिप प्रज्वलन गरेको छ ।

काठमाडौंको सहिद गेट अगाडी नेविसंघले दिप प्रज्वलन गरेको हो ।

आज देशभरी नै सहिदहरुको सम्झानामा विभिन्न कार्यक्रम गरि दिवस मनाइएको छ ।

नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवम् लोकतान्त्रिक जनआन्दोलनहरूमा आफ्नो जिवनको आहुती गरेका वीर सपूतहरूको सम्झनामा प्रत्येक वर्ष सहिद दिवस मनाइँदै आएको छ ।

वीर सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा र प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाहरूको योगदानमा सहिद दिवस मनाइएको हो ।

निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध आफ्नो ज्यानको बलिदान गरेका वीर सहिदको स्मरणमा हरेक वर्ष १० माघदेखि १६ सम्म ‘सहिद सप्ताह’ मनाइँदै आएको छ । र, १६ माघलाई सहिद दिवसको रुपमा मनाइन्छ ।

 

तस्बिरहरु : सरोज बैजु

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *