कास्की । अवैध रूपमा सुन ओसार-पोसारमा संलग्न एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा वडा नं. ३० पावरहाउस चोकस्थित पृथ्वी राजमार्ग सडक खण्डमा सवारी चेक जाँच गर्ने क्रममा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको माईक्रो बसबाट २५ वर्षीय रमेश सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले अवैध सुनको चारपाटे बिस्कुट आकारको १ के.जी. ८ ग्राम सुन र विभिन्न बैंकका चेकबुक ३ थानसहित बरामद गरेको छ ।
उनलाई पक्राउ गरी अनुसन्धानको लागी राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको जिल्ला प्रहरी कास्कीले जनाएको छ ।

Leave a Reply