माओवादी नेता दुलाल भन्छन्– एमसीसी पारित नगर्दा गठबन्धन टुट्छ भने टुट्न दिनुपर्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का युवा नेता युवराज दुलालले गठबन्धन जोगाउने सर्तमा अमेरिकी सहायता परियोजना (एमसीसी) अनुमोदन हुन नहुने बताएका छन् । यही कारणले गठबन्धन टुट्ने भए टुट्न दिनुपर्ने उनको भनाइ छ।

‘यदि एमसीसी संसदमा टेवल नगर्दा या अमेरिकाको इच्छा अनुसार पारित नगर्दा गठबन्धन टुट्छ या सराकर ढल्छ भने ढल्न दिनुपर्छ,’ प्रचण्डनिकट मानिएका युवा नेता दुलालले फेसवुकमा लेखेका छन्, ‘र, बुझ्नुपर्छ देश विदेशी उपनिवेशमा नै छ र त्यसबाट मुक्त हुन नयाँ पुस्ताले राष्ट्रिय स्वतन्त्रताको लडाइँ लड्नुपर्छ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबल गरेमात्र स्थानीय तहको चुवाव समयमै गर्ने शर्त राखेको हो भने यो सम्पूर्ण रुपमा गलत हुने उनको तर्क छ।

Comments

One response to “माओवादी नेता दुलाल भन्छन्– एमसीसी पारित नगर्दा गठबन्धन टुट्छ भने टुट्न दिनुपर्छ”

  1. देब बहादुर थापा मगर Avatar
    देब बहादुर थापा मगर

    MCC कुनै हालतमा पास हुनुहुदैन भन्ने मलाइ र सम्पुणमा त्यो लागेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *