चुनावमा गठबन्धन गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ, अब वैशाखमै भए पनि सामना गर्छौं- नेपाल (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन वैशाखमै भए पनि सामना गर्न तयार रहेको बताएका छन् ।

राजधानीमा आयोजित नेकपा एसनिकट निजामति कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूहरु चुनावबाट भाग्न खोजेको नभइ जुनसुकै समयमा चुनाव भए पनि सामना गर्न तयार भएको बताएका हुन् । तर उनले चुनावसम्म अहिलेको पाँच दलीय गठबन्धन कायम हुनपर्नेमा जोड दिए ।

एमालेले गठबन्धन भत्काउने प्रयास गरिरहेको आरोप लगाउँदै अध्यक्ष नेपालले भने– हामी चुनावबाट डराएका छैनौं, तर गठबन्धन तोड्न खोज्नेहरुले अनेक भ्रम छरिरहेका छन् ।

उनले अहिलेको गठबन्धन आगामी निर्वाचनसम्म कायम रहने दाबी गरे । शनिबार गठबन्धनको बैठकमा सहभागी कांग्रेस नेताहरुले गठबन्धन निर्वाचनसम्म नै कायम रहने आश्वासन दिएको र प्रधानमन्त्री शेरबहादुर देउवासमेत त्यसमा सकारात्मक रहेको बताए ।

Comments

2 responses to “चुनावमा गठबन्धन गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ, अब वैशाखमै भए पनि सामना गर्छौं- नेपाल (भिडिओ)”

  1. Subodh Raj Pyakurel Avatar
    Subodh Raj Pyakurel

    काँग्रेसको आश्वासनको भर पर्नु पर्ने। नत्र समापत? कठै!

  2. Gokul Parajuli Avatar
    Gokul Parajuli

    दिन सकिएकै हो त??? काङ्ग्रेस को साथ मा नै कति टिक्ला र खै??

Leave a Reply

Your email address will not be published. Required fields are marked *