भिटेनलाई बिर्साउने दुर्गेशको ‘छाडा’ गीत

काठमाडौं । विवादित छविका गायक दुर्गेश थापाले नयाँ गीत युट्यूवमा रिलिज गरेका छन्, जसको बोल छ– पैसा । यो गीतले उनलाई थप विवादमा पार्न सक्छ ।

गीतका शब्दहरु सुन्दा दुर्गेशले भिटेनलाई आदर्श मान्न थालेको प्रतित हुन्छ । र्याप स्टाइमा उनले गाएको गीतमा आपत्तिजनक र छाडा शब्दहरु प्रयोग भएका छन् । सबै कुरा गर्न ‘पैसा’ चाहिने सन्देश दिने क्रममा उनी अनर्गल तरिकाले प्रस्तुत भएका छन् ।

यो गीतको रचना र संगीत पनि दुर्गेशकै हो । गीतको भिडियोलाई रुपेश थापाले निर्देशन गरेका छन् । गीतको भिडियोमा पनि दुर्गेशले अश्लिल हाउभाउ देखाएका छन् ।

दुर्गेशको गीत छाडा मात्रै छैन, उनले चोरी पनि गरेका छन् । हरिवंश आचार्यले ‘जात्रा’ फिल्मका लागि गाएको ‘नोट–नोट’ बोलको गीतबाट उनले एक लाइन चोरेका हुन् ।

हरिवंशले गाएको गीतमा भनिएको छ– हेर्दा जाबो कागत, यसको कत्रो तागत
दुर्गेशले गाएको गीतमा भनिएको छः जाबो यत्रो कागत, यसको कत्रो तागत

दुर्गेशले विवादमा आउने चेष्टा गरेरै यो गीत गाएको देखिन्छ । यसअघि उनले गाएका सबैजसो गीतहरु कुनै न कुनै विवादमा आएका छन् र हिट पनि भएका छन् । सम्भवतः फेरि पनि उनी विवादकै बलमा हिट हुन चाहन्छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *