काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले नेकपा एमालेको हारको शृंखला सुरु भएको भन्दै यो निरन्तर अघि बढ्ने बताएका छन् ।
एमालेका नेताहरुले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पराजयलाई ‘गठबन्धनको अन्तिम भोज’ का रुपमा व्याख्या गरिरहेका बेला चौधरीले यस्तो बताएका हुन् ।
‘अल्पज्ञानिहरूलाई के थाहा– यो हार भर्खर सुरू भएको छ र यो हारको शृंखला निरन्तर अघि बढ्ने छ,’ सामाजिक संजालमा उनले लेखेका छन्, ‘अबदेखि नेकपा एमाले र विजयको बीचमा कहिल्यै भेट हुने वाला छैन् । नेकपा एमालेले जितेको कुरा कुनै पनि पत्रकारले लेख्ने अवसर पाँउनै छैनन् । २०७४ सालमा जितेको कुरा कथा बन्नेछ र भावी सन्ततिहरूलाई सपना जस्तै लाग्नेछ ।’
चुनावी मोर्चामा आएपछि मुख्य कुरा जित्नु मात्रै भएको भन्दै उनले एक्लै र मिलिजुली जितेको कुराले अर्थ नराख्ने बताएका छन् ।
अरुको टेकोमा चुनाव जितेको भन्ने एमाले नेताहरुलाई २०७४ को चुनावमा गरेको गठबन्धन हेर्न चौधरीले आग्रह गरेका छन् ।

Leave a Reply