शेखर समूहको भर्चुअल बैठक : निर्वाचन सार्ने निर्णय भए मान्य नहुने

काठमाडौं । नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला नेतृत्वको समूहले निर्वाचनबारे पार्टीभित्र छलफल हुनुपर्ने माग गरेको छ ।

कोइराला समूहका नेताहरुको भर्चुअल बैठकले पार्टीभित्र छलफल नगरी सभापति देउवाले अन्य पार्टीसँग सहमति गर्नुको औचित्य नभएको निष्कर्ष निकालेको हो ।

भर्चुअल बैठकमा कोइरालासहित कांग्रेस उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरु डा।रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा।मिनेन्द्र रिजाल, चन्द्र भण्डारी लगायत सहभागि थिए ।

भर्चुअल बैठकमा बोल्दै नेता कोइरालाले राष्ट्रिय राजनीतिका गहन विषयमा पार्टीभित्र छलफल नगर्नु गलत भएको बताए ।

‘पार्टीभित्र छलफल नगर्ने तर गठबन्धनका नाममा नेताको अनुकुल हुनेगरी प्रस्तुत हुने कुराको औचित्य छैन । संविधानभन्दा बाहिर गएर गठबन्धनमा सहमति गरिए मान्य हुँदैन’, बैठकमा शेखरले भने ।

बैठकले बैशाखमा स्थानीय निर्वाचन गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

‘कांग्रेसको कुनै नेताले अघिल्लो चुनाव हारेको र अहिले संसदमा जान मन लागेको भरमा संविधानविपरीत जान मिल्दैन । पहिले स्थानीय निर्वाचन हुनुपर्छ अनि संसदीय निर्वाचन हुन्छ’, बैठकमा सहभागि एक नेताले भने ।

बैठकमा १४ औं महाधिवेशनपछिको १ महिनाको अवधीको समिक्षा गरिएको थियो । सो क्रममा सबैजसो नेताहरुले सभापति देउवाले एकलौटी निर्णय गर्न थालेको, न्यायिक साझेदारी नगरेको र पार्टीभन्दा गठबन्धनलाई प्राथमिकता दिएको बताएका थिए ।

बैठकमा आगामि निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धा गर्नुपर्ने निष्कर्ष समेत निकालिएको सहभागि नेताले जानकारी दिए । बैठकले सभापति देउवालाई विधान अनुसार चल्न दवाव दिने निर्णय गरेको छ । ‘पार्टी विगतमा भन्दा खराब ढंगले सञ्चालन हुन खोजेको छ ।

केही नेताको स्वार्थका लागि पार्टीलाई कमजोर बनाएर गठबन्धनलाई बलियो बनाइदैछ । हामी कांग्रेसलाई बलियो बनाउनुपर्छ भन्नेमा छौं । यसका लागि आवश्यक दवाव सिर्जना गर्छौ’, कोइराला पक्षका एक नेताले भने ।

Comments

2 responses to “शेखर समूहको भर्चुअल बैठक : निर्वाचन सार्ने निर्णय भए मान्य नहुने”

  1. shankar Bhattarai Avatar
    shankar Bhattarai

    शेर बहादुर जिले नेपाली कांग्रेस जस्तो लामो प्रजातान्त्रिक इतिहास बोकेको पार्टीलाई गठबन्धनको चेपुवामा परेर असंवैधानिक बाटोमा लैजाने दुस्साहस किमार्थ गर्नु हुँदैन । प्रचण्ड र माधव पार्टीका अमुल्य सम्पत्ति हुन कि आम कंग्रेसलाई माया गर्ने जनता ? शेर बहादुरका कारण पार्टी कमजोर बन्दै छ ख्याल गर्नुहोला तपाईंहरुको तागतले मात्र कांग्रेस जोगिनेवाला छ । नत्र भने हातकोमाछा पोखरीमा हुन बेर छैन नेता ज्युहरु।

  2. Para karki chhetri Avatar
    Para karki chhetri

    Sher badur jasto leader teso vanne majyakniharu…

Leave a Reply

Your email address will not be published. Required fields are marked *