तीन प्रदेशका प्रमुख सचिवसहित आठ सचिवको गुपचुप सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं । सरकारले ६ जना सचिवको सरुवा गरेको छ । त्यस्तै विभिन्न प्रदेशका तीनप्रमुख सचिवलाई सिंहदरवारमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषदको अघिल्लो बुधवार बसेको बैठकले गरेको निर्णय एक साता बित्न लाग्दा पनि गोप्य राखिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार दुईजना प्रमुखसहित  ८ जना विशिष्ठ श्रेणीका कर्मचारीको एकैपटक सरुवा भएको हो ।

स्रोतका अनुसार प्रदेश २ का प्रमुख सचिव हरिप्रसाद मैनालीलाई महिला बालवालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।

रिक्त रहेको प्रदेश २ सरकारको प्रमुख सचिवमा भर्खरै सचिव बढुवा भएका कृष्णवहादुर राउतलाई पठाउने तयारी भए पनि बागमती प्रदेशका प्रमुख सचिव किरणराज शर्माकाे रक्षा मन्त्रालयमा सरुवा भए पनि राउतले बागमती प्रदेशमा जानका लागि पहल गरिरहेका छन् । त्यसैले उनकाे प्रदेश दुइकाे प्रमुख सचिव वा बागमती प्रदेशकाे प्रमुख सचिवमा जाने सम्भावना बराबर छ ।

त्यस्तै यसअघि महिला मन्त्रलायको सचिव रहेकी यामकुमारी खतिवडालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा रहने गरि स्वास्थ्य मन्त्रालयको प्रशासनतर्फको सचिवमा सरुवा गरिएको छ । त्यस्तै यसअघि स्वास्थ्यको प्रशासन सचिव रहेका खगेन्द्र प्रसाद नेपाललाई प्रधानमन्त्री कार्यालयमा विशेष दरबन्दी सृजना गरेर राखिएको छ । प्रधानमन्त्री कार्यालयमा यसअघि यस्तै दरबन्दी सिर्जना गरेर शही विकास मन्त्रालयका सचिव रमेश प्रसाद सिंहलाई पनि सरुवा गरिएको छ ।

स्रोतका अनुसार वागमती प्रदेश सरकारका प्रमुख सचिव किरणराज शर्मालाई रक्षा मन्त्रलायमा सरुवा गरिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव मधुसुदन बुर्लाकोटीलाई प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा तानिएको छ ।

सुदूरपश्चिम प्रदेशमा प्रमुख सचिव रिक्त रहेको छ । राष्ट्रिय पुनर्निमाण प्राधिकारका सचिव सुशीलचन्द्र तिवारीको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा भएको स्रोतले जनाएको छ । यसअघि सतर्कतामा रहेका दिनेश घिमिरेलाई उर्चा आयोजको सचिवमा सरुवा गरिएको छ ।

Comments

One response to “तीन प्रदेशका प्रमुख सचिवसहित आठ सचिवको गुपचुप सरुवा, को कहाँ पुगे ? (सूचीसहित)”

  1. ksp pyl Avatar
    ksp pyl

    सरूवा गर्दै कमाउदै सरकार । सरूवामा ईतिहस कायम गर्‍ याे धेरै गरेर । विकासमा पनि ईतिहास कायम गर्‍ याे कामै नगरेर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *