डिलासैनी अस्पताल तोकिएको स्थानमै निर्माण गर्न मन्त्रालयको निर्देशन

बैतडी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बैतडीको डिलासैनी गाउँपालिकामा निर्माण भइरहेको अस्पताल निर्माणको काम रोक्न निर्देशन दिएको छ ।

मन्त्रालयले जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई एक पत्र लेख्दै पालिकाको वडा नम्बर ७ बनगाउँमा निर्माण भएरहेको काम रोक्ने निर्देशन दिएको हो ।

सरकारको यसअघि एक स्थानीय तह एक आधारभूत अस्पताल निर्माण गर्ने नीति अुनसार डिलासैनी स्वास्थ्य चौकीको स्तरोन्नतीका लागि बजेट विनियोजन गरेको थियो । डिलासैनी स्वास्थ्य चौकी पालिकाको वडा नम्बर ७ धामीगाउँमा रहेको छ ।

सोही स्वास्थ्य चौकीको स्तरोन्नती गरि सरकारबाट विनियोजित बजेटको सदुपयोग गर्नुपर्नेमा नेकपा एमाले जिल्ला अध्यक्ष सुरन्द्र पाल समेतको प्रत्यक्ष हस्तक्षेपमा सोही वडाको बनगाउँमा अस्पताल निर्माणको काम थालिएको स्थानीयहरुको आरोप थियो ।

संघीय सरकारबाट प्रत्यक्ष निर्देशित भएर बजेट समेत विनियोजन भएको अवस्थामा अपायक स्थानमा निर्माणको काम सुरु भएको स्थानीय सुशील धामीले बताए ।

नेकपा एमाले जिल्ला अध्यक्ष पालको ठाडो निर्देशनमा अपायक स्थानमा काम सुरु भएपछि मन्त्रालयसँग गुहार माग्नुपरेको उनको भनाई छ ।

नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य पदम धामीले राजनीतिक रुपमा जुनसुकै विचारधारा भएपनि स्वास्थ्य संस्थाजस्तो संस्था सबैलाई पायक पर्ने ठाउँमा निर्माण हुनुफर्ने बताए । संघीय सरकारले नै सबै अध्ययन गरी डिलासैनी स्वास्थ्यचौकी धामीगाउँलाई स्तरोन्नती गर्न दिएको बजेट एमाले जिल्ला अध्यक्षको निर्देशनमा दुरुपयोगको काम भएको उनको भनाई छ ।

नेता धामीले नेपाली कांग्रेसका नेता उत्तर बहादुर ऐर समेतको सहयोगमा स्वास्थ्य मन्त्रालयले अस्पताल तोकिएकै स्थानमा निर्माण गर्न र अहिले निर्माण भइरहेको स्थानमा काम रोक्न निर्देशन भएको बताए ।

सरकारले एक स्थानीय तह एक आधारभूत अस्पताल निर्माण गर्ने नीति अनुसार २०७७/०७८ अन्तरगत डिलासैनी गाउँपालिका अन्तरगत डिलासैनी स्वास्थ्य चौकीलाई १० सैयाको आधारभूत अस्पतालमा स्तरोन्नती गर्ने गरी रकम समेत विनियोजन गरेको थियो ।

मन्त्रालयले समन्वय समिति र प्रशासनलाई बोधार्थ गरेको पत्रमा भनिएको छ, ‘सरकारले ५, १० र १५ शैयाको आधारभूत अस्पताल निर्माण सम्बन्धी विद्यमान नीति व्यवस अनुसार मन्त्रालयबाट तोकिएकै स्थानमा निर्मँण गर्नुपर्ने र तोकिएको स्थानमा अस्पताल निर्माण गसक्ने प्राविधि वा अन्य उचित कारण भएको अवस्थामा मात्र पालिकाको निर्णय र जिल्ला समन्वयन समितिको सिफारिसमा नेपाल सरकारको स्वीकृति लिएर मात्र स्थान परिवर्तन हुन सक्ने व्यवहोरा अनुरोध छ । डिलासैनी गाउँपालिकाबाट तोकिएको स्थानमा अस्पताल निर्माण गर्ने सम्भावना हुँदा हुँदै पनि सरकारको स्वीकृति नलिइ अन्यत्र अस्पताल निर्माणको काम अघि बढाइरहेको हुँदा मन्त्रालयबाट तोकिएकै स्थान डिलासैनी स्वास्थ्य चौकीमा अस्पताल निर्माण गर्न माग गरि त्यहाँ पालिका ५ वटा वडाका अध्यक्षहरुले समेत उजुरी दिएको हुँदा यो विषयमा यथाशाक्य चाँडो मन्त्रालयमा पठाउन हनु र मन्त्रालयबाट अर्को निर्णय नभएसम्म अस्पताल निर्माणको काम यथावस्थामा राख्नहुन समेत अनुरोध छ ।’

Comments

One response to “डिलासैनी अस्पताल तोकिएको स्थानमै निर्माण गर्न मन्त्रालयको निर्देशन”

  1. Dev narayan bhandar Avatar

    याेस्ताे चाेर राजनीति ग्रर्ने जुन पाटिले ग्रर्दानि आफ्नाे ठाउमा बिकाश हुने कुरा समेत वास्ता नगरि राजनीति ग्रर्छन झाेले हरुले बिकाशत ग्रर्ने कुरा छैन कुनै काम हुनलागेकाे बजेट समेत राेकेर जन्ता लुटेर आफुले पेट भाेर्न जन्ताले केही नपाउने स्थिति पुराउने घुखाने हत्यारा नेता दलाल हरु हुन यस्ताे हस्पिटल जस्ताे समंबेदन शिल काम राेक्ने हत्यारा दलाल लाई फाँसी दिनु जरुरि छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *